श्रीपेच रहितका महाराजको अब दिन गन्ती शुरु भयो : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा आपत्ती जनाएका छन् ।

उनले लोकतन्त्रका लागि अनवरत लडेका नेता पौडेललाई गिरफ्तार गरेर गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दिएको भन्दै आक्रोश पाखेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दियो। हामी श्रीपेच सहितको राजाको बिरुद्ध सडकमा लडिरहेको बेलामा बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेच रहितको महाराजको अब दिन गन्ती शुरु भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?