सचिवालयसँगै सर्‍यो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक सरेको छ ।

बिहीवार (भोली) बस्ने भनिएको बैठक आगामी मङ्सिर २१ गते १ बजेसम्मका लागि सारिएको हो ।

आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता नारायकाजी श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् ।

अध्यक्षद्वयले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावका विषयमा छलफल गर्नका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको अनुपस्थितीपछि सारिएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि ओलसहितको उपस्थितीमा बैठक बस्नु उचित रहेको भन्दै बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए ।

“आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी ओली उपस्थित हुनुभएन । त्यसकारणले आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको उपस्थितिमा छलफल गर्नु आवश्यक र उपयुत्त, र उचित हुन्छ भन्ने निष्कर्षएका साथ । अनिवार्य उपस्थिपतिको अ‍पेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ आजको बैठक सकिएको छ ।” उनले भने ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?