नेकपा एक ढिक्का हुन्छ : मन्त्री भट्टराई

सिमकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले नेकपा एक ढिक्का हुने बताएका छन् । विमानस्थाल अनुगमन गर्न आज सिमकोट पुगेका मन्त्री भट्टराईले भने, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”

देशको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उनले बहुमतको सरकार यथावत रहने बताए । उनले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताए। मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तचेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गरे ।

हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। सो अवसरमा प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसीलगायतका नेतासँग उनले संस्कृति, प्राकृतिक, मोटरबाटोलगायत विषयमा छलफल गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?