काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्को बैठक मंसिर १६ गते बस्ने भएको छ । आज प्रधानमन्त्री निबास बालुवाटारमा बसेको सचिवालय बैठक मंसिर १६ गते फेरि बस्ने गरि सकिएको हो ।
मंसिर १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरि बैठक सकिएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका हुन् । यसअघि गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरे अनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया