दलका शीर्ष नेताहरुलाई जनार्दन शर्माको सुझाव : ‘आफू हारेर पार्टीलाई बँचाएर भन म नेता हुँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले आफू हारेर पनि पार्टीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर।
अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ।
यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?