रत्नपार्कको नाम परिवर्तन गर्नु दुई कारणले अनुचित : राप्रपा (विज्ञप्तिसहित)

काठमाडौं । रत्नपार्कको नाम परिवर्तन गर्न लागेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ती जनाएको छ । काठमाडौं महानगरपालिकाले गरेको उक्त निर्णय फिर्ता लिन समेत राप्रपाले आग्रह गरेको छ ।

दशकौँदेखी नामाकरण हुँदै आइरहेका संरचनाहरुको नाम परिवर्तन गर्नु उचित नरहेको समेत राप्रपाको ठहर छ ।
सोमवार अध्यक्षत्रयले एक विज्ञप्ति जारी गर्दै राजा महेन्द्रको रानी मुमा वडामहारीको नामबाट नामाकरण गरिएका संरचनाहरुको नाम परिवर्तन गर्नु दुइ कारणले अनुचित भएको बताइएको छ ।

राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राप्रपाले संखधर शाख्वाको योगदान गराउँदै उनीजस्ता राष्ट्रिय विभुतिहरुको नामबाट संरचना बनाउनु राम्रो भएपनि यसक्रममा दशकौँदेखि नामाकरण भएर आएका संरचनाको नाम अचानक बदल्नु उचित नभएको जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संखधर शाख्वा हाम्रो देशको मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व हुन् र राष्ट्रिय विभुति हुन् । यस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय हुन् र राष्ट्रले उनिहरुको सम्मान गर्नु पर्दछ । यस क्रममा उनिहरुको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धीको नामाकरण हुनु स्वाभाविक भन्ने हामी ठान्दछौं । तर यस क्रममा दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?