पार्टी फुटको अवस्थामा जाँदैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवालयमा दर्ता गराएको प्रस्तावले पार्टी विभाजनतिर नजाने बताएका छन् ।

गत कार्तिक २८ गते आफूले सचिवालयमा दर्ता गराएको एकल प्रस्ताव राम्रो भएको दावी गर्दै पार्टी फुटको अवस्थामा नजाने बताएका हुन् ।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले नेताहरुसँग भेटघाटलाई बढाएका छन् । नेताहरुसँग भेटघाट तथा छलफलका बेला प्रचण्डले त्यस्तो बताएको स्रोतले जनाएको छ ।

यसैक्रममा प्रचण्डले स्थायी कमिटि सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग भेटघाट गरेका थिए ।
भेटघाटका क्रममा दुवै नेताहरुले पार्टी फुटको अवस्थासम्म जान नहुने सुझाव दिएका थिए ।

पार्टी विवाद समाधानका लागि आफूले ल्याएको प्रस्ताव र अर्का अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावका बारेमा छलफल हुने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दुवै अध्यक्षले फरक फरक प्रस्ताव ल्याएर त्यसको विषयमा छलफल गर्ने तर साझा प्रस्ताव अहिले आउन नसक्ने पनि प्रचण्डले बताएका छन् ।

यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

प्रचण्ड र राजदूत यान्छीबीच भेटघाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?