प्रचण्ड र राजदूत यान्छीबीच भेटघाट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् ।

सोमवार (आज) बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजदूत यान्छीबीच भेटघाट भएको छ । यान्छी बिहान प्रचण्ड निवास खुमालटार पुगेकी थिइन् ।

उनीहरुबीच केके कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन् ।

यसअघि राजदूत यान्छीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् ।

नेकपाभित्रको आन्तरिक द्वन्द चुलिएका बेला प्रचण्ड र यान्छीबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गएको १७ वैशाखमा पनि नेकपा सचिवालय बैठकमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि चर्किएको विवाद राजदूत यान्छीको ‘ईन्ट्री’ सँगै साम्य भएको थियो ।

यान्छीले त्यसबखत राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । त्यतिमात्रै होईन फेरि १६ असारमा नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद २१ असारमा नेता नेपालसँग, २३ असारमा खनालसँग, २५ असारमा प्रचण्डसँग यान्छीले भेट गरेपछि थामथुम भएको थियो ।

यो पनि

नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?