काठमाडौं । बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई ड्रग्स केसमा अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
उनीहरुलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आईतवार आदेश दिएको हो । उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो ।
![]()
जसपछि एनसीबीसँग्को सोधपुछमा उनीहरुले गाँजा लिने गरेको खुलाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अब एनसीबीले उनीहरुका पर्सनल स्टाफसँग सोधपुछ गर्नेछ ।
भारती सिंहलाई केहि घण्टाको सोधपुछ पछि अरेस्ट गरिएको थियो भने उनका पति हर्ष लिम्बाचियालाई १८ घण्टाको सोधपुछ पछि पक्राउ गरेको थियो ।
उनीहरु दुबै गाँजा लिने गरेको कुरा स्विकारेका थिए । कमेडियन भारती हरेक वर्ष २२ करोड रुपैयाँ कमाउने गर्छिन् । उनी एक एपिसोडमा ५ लाख भन्दा धेरै पी लिन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया