क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म

गण्डकी । नेपाली कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ ।

कास्की कांग्रेसका पदाधिकारी, पार्टीका क्षेत्रीय, प्रदेशसभा र पोखरा महानगर समितिका सभापतिसहित आज सम्पन्न बैठकले मङ्सिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मङ्सिर २० गतेसम्म नयाँ सदस्यता वितरण सक्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

निर्धारित समयावधि भित्र काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने बताउँदै उनले केन्द्रको निर्देशनानुसार तोकिएको समयभित्र काम सक्ने गरी अघि बढिने बताए । यस अघि कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।

बैठकले सरकार पार्टीको आन्तरिक द्वन्द्वमा रुमलिँदा कोरोना महामारी नियन्त्रणप्रति गैरजिम्मेवार बनिरहेको र संक्रमितले उपचारसमेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन दिँदै निजी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?