काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिएका बेला नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।
नेकपाका अध्यक्षद्वयको टकरावका कारण चुलिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले सक्रियता बढाएका हुन् ।
यसैक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग पार्टी कार्यालय धुम्वाराहीमा भेटघाट गरेका छन् ।
आजको भेटघाटमा पार्टी विवादबारे समाधान खोजिने स्रोतले जनाएको छ । विवाद चुलिएका बेला गत मंसिर ३ गते बुधवार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि प्रचण्डले लगाएको बोल्दै अर्का प्रस्ताव पेश गर्ने बताएका छन् ।
गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संघिन आरोप लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । प्रस्ताव दर्तापछि चरमबिन्दुमा पुगेको नेकपा विवाद बुधवारको सचिवालयपछि केपी मत्थर देखिएपनि नेताहरु आन्तरिक भेटघाटमा जुटिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया