चीनलाई अमेरिकाको ओपन च्यालेन्ज : पठायो चिनियाँ सीमामा बमवर्षक विमान

काठमाडौं । अमेरिकामा सत्ता परिवर्तन भएपनि चीनमाथि आक्रोश पोख्न भने छोडिएको छैन । राष्ट्रपति इलेक्ट जो बाइडेनले पनि चीनमाथि आफ्नो स्पष्ट धारणा राखिसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले हालै चिनियाँ सीमामा दुई ठूला बमवर्षक विमान पठाएको छ ।

रिपोर्टका अनुसार यदि चीनले मानेन भने आक्रमण गर्ने तयारीमा अमेरिका रहेको बताइएको छ ।

अमेरिकाले चीनलाई आफ्नो आक्रमण शैली नहटाए आक्रमण गर्ने धम्की दिएको बताएको हो ।

अमेरिकाले एफ बी १ र एडीआईजे बमवर्षक विमान पठाएर चीनको सीमामा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?