काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १३ लाख ५४ हजार ५५२ जनाको मृत्यु भएको छ भने ५ करोड ६५ लाख ५४ हजार ९१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९३ लाख ४८ हजार ५८५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बुधवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार १० हजार ९६९ जनाको मृत्यु भएको छ भने ६ लाख ११ हजार ७४ जनालाई संक्रमण भएको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको छ भने १ करोड १८ लाख ७३ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७१ लाख ६६ हजार ९९६ जना संक्रमण मुक्त भएका छन् भने ४४ लाख ५० हजार ४७७ जना उपचाररत छन् ।
त्यस्तै २२ हजार १९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिाकाको टेक्सासमा २० हजार ५४० जनाको मृत्यु भएको छ भने ११ लाख ३० हजार २९२ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा १० लाख ६७ हजार ३०८ जनालाई संक्रमण भएको छ भने १८ हजार ४६९ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख ५ हजार २४८ जनालाई संक्रमण भएको छ भने १७ हजार ७३४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार मात्रै १ लाख ७३ हजार ६३२ जनालाई संक्रमण भएको छ भने १ हजार ९५६ जनाको मृत्यु भएको छ । यो संख्या मे ७ यताकै सबैभन्दा धेरै मृतक संख्या हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया