बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका थिए ।

सोमवार र बिहीवार नियमित बैठक बस्ने भएतापनि प्रधानमन्त्री ओलीले आजका लागि बैठक बोलाएका हुन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको थियो । तर सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीसहित केही मन्त्रिहरु उपस्थित हुनुपर्ने भएकाले बैठक सारिएको थियो । २ बजेका लागि बैठक बोलाइएपनि १ घण्टा ढिला गरि बैठक शुरु भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?