काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक आगामी मंसिर १८ र केन्द्रीय कमिटि बैठक २५ गते बस्ने भएको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्य समेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीभित्रको लामो रस्साकस्सीपछि आजको लागि सचिवालय बैठक बोलाइएको थियो ।
आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया