काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
पार्टीभित्र आन्तरिक विवाद चुलिएर पार्टी नै फुटको अवस्थामा पुगेको भनिएका बेला बसेको सचिवालयलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यसअघि गत कार्तिक २८ गते शुक्रवार सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोपहरु लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । भने आजको लागि बैठक तय गरिएको थियो ।
सचिवालय बैठक शुरु हुनुपूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । यसअघि मंगलवार पनि अध्यक्षद्वय ओली र प्रचण्डले पालैपालो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए ।
सचिवालय बैठक सार्नका लागि अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डसमूहले सचिवालय बैठक जसरी पनि बस्ने बताएका थिए । यद्यपी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समेत बैठकमा उपस्थित भएको बालुवाटार स्रोतले लोकपथलाई जानकारी दिएको छ ।
पार्टी विवाद चुलिएका बेला राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि पार्टीको विवादमा सक्रियता देखाएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।
नेकपा विवादमा सक्रियता देखाउँदै आएकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अध्यक्ष ओलीसँग भेटघाट गरेकी छिन् । त्यस्तै आज नै १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने २ बजेसम्मका लागि सारिएको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !
अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक
झनै बढ्यो अन्योल : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक
नेकपाको सचिवालय बैठक आज, विवादकाबीच बोलाइएको बैठक बस्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया