काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला मंगलवार पनि प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।
बुधवार बिहान १० घण्टापछि प्रधानमन्त्री ओली फेरि शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।
पार्टी फुट्को संघारमा पुगेको भनिएका बेला आज दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । आन्तरिक विवाद बढेका बेला नेकपा अध्यक्ष समेत रहेका ओलीको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि नै पूर्वनिर्धारित कार्यक्रम अनुसार आजको लागि सचिवालय बैठक बोलाइएपनि प्रधानमन्त्री ओलीले बैठक जुधाएर १ बजेका लागि नै मन्त्रिपरिषद् बैठक डाकेका थिए । तर मन्त्रिपरिषद् भने १ घण्टाका लागि सारिएको छ ।
यसअघि मंगलवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत शीतलनिवास पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया