काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री भट्टराई योगेश भट्टराईले पछिल्लो समय पार्टीभित्र बढेको चरम विवादका कारण पार्टी एकता सर्वाधिक कठिन समयमा पुगेको बताएका छन् ।
स्थायी कमिटि सदस्य भट्टराईले बुधवार बिहान ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।
पछिल्लो समय नेकपा अध्यक्षद्वयबीचको टकरावका कारण विवाद चरमउत्कर्षमा पुगी पार्टी फुटको अवस्थामा पुगेको छ ।
विवाद समाधानका भन्दै आजका लागि सचिवालय बैठक बोलाइएपनि बस्ने नबस्ने दोधारमा रहेको छ ।
यद्यपी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठक निर्धारित समय दिउँसो १ बजे नै बस्ने बताएका छन् ।
सार्बधिक कठिन समय !
— Yogesh Bhattarai (@yogesbhattarai) November 18, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया