झनै बढ्यो अन्योल : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित पार्टी सचिवालय बैठकको समय जुधाएर प्रायजसो सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठकबारे मन्त्रीहरुलाई मंगलबार राति जानकारी गराईएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘प्रधानमन्त्री केहि गम्भिर विषयमा छलफल गर्न खोज्दैछन् ।’ तर बैठकका एजेण्डाबारे भने केहि नभनिएको एक मन्त्रीले लोकपथलाई बताए ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा आज (बुधबार) पूर्वनिर्धारित सचिवालय बैठक पनि यहि समयमा बस्दैछ ।

बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेबारे एकिन नभएपनि दिउँसो १ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने भनिएको थियो ।

यद्यपी प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेकै अवस्थामा मन्त्रिपरिषद्को बैठक बोलाउनुलाई पूर्व माओवादी पक्षका नेताहरुले शंकास्पद भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?