राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवासमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

पार्टी विवादकैबीच भोलिका लागि डाकिएको सचिवालय बैठक समेत हुने वा नहुने अन्यौल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?