भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताएका छन् ।
नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उहाले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताए ।
सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उहाले सबैले नेपाल स्म्बतलाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताए ।
शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकासन संगै नेपाल भाषा उत्थान नेपाल सम्बत मनाउन महत्वपुर्ण भुमिका खेल्ने पु्र्वमन्त्री एवं मानव अधिकारवादी नेता स्वर्गिय पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उहाको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी रहेको जानकारी गराएका छन् ।
नेपाल सम्बत र न्ह्ुदया भिन्तुनाको हरेका कार्यक्रममा अंग्रपंतिमा खटिने नेता तुलाधरको योगदानलाई कसैलेपनि बिर्सन नसक्ने बताए । उनले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी पार्क परिसर्मा साख्वाःर तुलाधारको पुर्णकदको शालिक अनावरण गरिने जानकारी दिए ।
गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाः ले गरेको योगदानको कदर गर्दै उहाले शुरुवात ग गरेको नेपाल सम्बतलाई सबैले प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।
प्रतिमा माल्यापर्ण कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं नेपाली काग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजीको भाषाको रुपमा नेपाल सम्बतलाई प्रयोगमा ल्याउनुपर्ने बताए । उनले भने,–अहिले त नेपाल सम्बत नेवार समुदायले मात्र मानेको जस्जो भएको छ । सबैको अपनत्व हुनेगरी यस्लाई व्यापक बनाउनुपर्छ–उनले भने ।
न्युदया भिन्तुना र नेपाल सम्बत मुल समिति गठन गर्दा नेवार बाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउदै उहाले भन्नुभयो–नेपाल स्म्बत सबै नेपालीको सम्बत हो, अहिले सम्म किन नेवारको मात्र देखिएको छ ? त्यसैले यस्लाइ सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिन नसकेको हुनसक्ने भन्दै आगामी वर्ष नेपाल सम्बत मनाउदा विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए ।
फरक प्रशंगमा उनको अहिलेको सरकारले पुर्ण रुपमा ५ वर्ष चलाउनुपपर्ने धारणा राख्दै भन्नुभयो– नेकपाको दुई तिहाइ सरकारले पाच वर्ष सरकार चलाउनैपर्छ । २००७ साल देखि कुनैपनि दलले ५ वर्षसम्म शासन चलाउन नसकेको बताउदै यो सरकारले अब ५ वर्ष पुरै शासन चलाउनुपर्छ भने।
उनको दुई तिहाइको सरकारले नेपाल भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले आजको दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने धारणा राखे ।
उनको भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वाः राख्नुपर्ने, शंखधर साख्वाःको योगदानलाई कदर गर्दै उनले शुरु गरेको नेपाल सम्बतलाई सरकारी भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाको नाममा प्रतिमा सहित पार्क , सोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताए ।
उनको भन्नुभयो–नेपालीलाई ऋणमुक्त गर्ने किसान साख्वाको योगदानलाई सरकारले पुर्ण रुपमा कदर गर्न सकेको छैन, आगामी दिनमा नेपाल सम्बत शुरु भएको दिनलाई राष्ट्रिय पर्वको रुपमा मानेर नेपालभर मनाउनुपर्छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतले नेपाल सम्बतका संस्थापक साख्वाको योगदानको चर्चा गर्नुृभएको थियो । मन्त्री श्रेष्ठले निर्माणाधिन शंखधर साख्वाः पार्कको अवलोकन समेत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत ११४१ र न्युदया भिन्तुनाको शुभकामना सन्देश पठाउँदै राष्ट्रिय विभुति शाख्वा र उनले स्थापना गरेको नेपाल सम्बतले नेपालीको पहिचान बनाउन सफल भएको उल्लेख गरिएएको थियो ।
स
नेपाल सम्बत ११४१को अवसरमा काठमाडौ र ललितपुरमा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया