हरिवंश आचार्यले यसरी मनाए आफ्नो जन्मदिन

काठमाडौं । बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले आफ्नो ६३ औँ जन्मदिन भवन उद्घाटन गरेर मनाएका छन् ।

आचार्यको बिहीवार परेको जन्मोत्सवको अवसरमा अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनस्र्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेका हुन् ।

रेडक्रस सिंगापुरको सहयोगमा प्रारम्भ सामाजिक संस्था ललितपुरद्वारा निर्मित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौंद्वारा सञ्चालित रहेको छ ।

भवन हस्तान्तरण कार्यक्रममा कलाकार आचार्य, गायिका आनी छोईङ डोल्मा, सिंगापुर रेडक्रसको तर्फबाट कल्पना क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

आचार्यले नवनिर्मित भवन स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ एसएसडिआरसी स्कुलकी अध्यक्ष सबिता उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त भवन निर्माणको लागत कुल ९३ लाख रुपैयाँ रहेको छ । ६ वटा कक्षा कोठा तथा २ वटा वाथरुम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?