काठमाडौं महानगरपालिकाले रोजगारी दिने, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को कारण रोजगारी गुमाइ बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ । महामारीको कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने भन्दै महानगरपालिकाले आफू बसेको वडा कार्यालयमा सम्पर्क राख्नका लागि समेत आग्रह गरेको छ ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै महानगरबासीहरुलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराउन लागिएको जनाएको छ ।

त्यस्तै असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?