काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) को लागि भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ७७ जना प्रहरी इन्स्पेक्ट र ३१६ जना असईको लागि भर्ना खुलेको हो । ०८१ साल भदौ २८ गते सूचना प्रकाशित गरेर आवेदनका लागि खुला गरिएको थियो । त्यसपश्चात रिक्त हुन आएका पदमा समेत पदपुर्तिका लागि सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसबेला इन्स्पेक्टर तर्फ अमर असक्त तथा प्रहरी परिवारबाट १, खुला ३५, महिला ६, आदिवासी जनजाती ९, मधेशी ८, दलित ४, पिछडिएको क्षेत्रबाट १ गरी ६४ जना माग गरिएको थियो । साथै त्यसमा थप रिक्त हुँदा अमर अशक्त तथा प्रहरी परिवारबाट १, खुला ६ महिला १, आदिवासी जनजाती तर्फबाट २, मधेशी १, दलित १ र पिछडिएको वर्गबाट १ गरी १३ सहित कुल ७७ जना माग गरिएको छ ।
यता असई तर्फ अघिल्लो पटक विज्ञापनमा अमर अशक्त तथा प्रहरी परिवारबाट ५, खुलाबाट १३८, महिला २३, आदिवासी जनजाती ३६, मधेशी ३१, दलित १७, पिछडिएको क्षेत्र ६ जना गरी २५६ र थप गरिएको संख्यामा अमर अशक्त तथा प्रहरी परिवारबाट २ जना, खुलाबाट ३२ जना, महिला ५, आदिवासी जनजाती ९, मधेशी ७, दलित ४ र पिछडिएको क्षेत्रबाट १ गरी कुल ६० जना सहित जम्मा ३१६ जना माग गरिएको हो ।
त्यसो त यसअघि सर्वोच्च अदालतको परामादेश अनुसार समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुने आउने संख्यालाई समेत समावेश गरी नयाँ सूचना जारी गरिएको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया