काठमाडौं । बलिउड अभिनेता अर्जुन रामपाललाई ड्रग्स केसको बारेमा सोधपुछका लागि आज एनसीबीले बोलाएको छ ।
अभिनेताको घरमा सोमवा एनसीबीले छापा मार्दा ड्रग्स भेटिएको थियो । त्यसपछि उनीकी प्रेमीकालाई बिहीवार सोधपुछका लागि बोलाएको थियो ।
उनकी प्रेमीका ग्याब्रिएलासँग १२ घण्टासम्मको सोधपुछ पछि अभिनेतालाई आज बोलाइएको हो । यस भन्दा अगाडि उनका ड्राइभरलाई हिरासतमा राखेर सोधपुछ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया