बैतडीमा बस दुर्घटना, ९ को मृत्यु

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति को खोड्पे नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । यसबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?