काठमाडौं उपत्यकामा यस्तो छ कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना संक्रमित थपिएका छन् ।

जसमा ४२८ जना महिला संक्रमित रहेका छन् भने ५४५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ७६ हजार ८४ जनालाई कोरोना संक्रमण भएको छ भने २९३ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ५८ हजार ७४६ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १७ हजार ४५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ३९३ रहेको छ । त्यस्तै भक्तपुरमा अहिले १ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ६हजार ८४८ जनालाई हालसम्म संक्रमण भएको छ भने ५ हजार ४८१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा १ हजार २९२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै ललितपुरमा हालसम्म १० हजार ८७७ जनालाई कोरोना संक्रमण भएको छ भने ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् भने ८ हजार २८६ जना संक्रमण मुक्त भएका छन३ । त्यस्तै २ हजार ५१२ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १८९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३४९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?