चित्रबहादुर केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छद्ध ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीलाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना संक्रमण साथसाथै निमोनिया समेत देखिएका उनको लामो समय उपचार गर्नुपर्ने उनी निकट स्रोतले जनाएको छ ।

अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालमा उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?