काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । उनले भोलि (शुक्रवार) का लागि बैठक बोलाएका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको मागलाई मध्यनजर गर्दै उनले बैठक आह्वान गरेको बुझिएको छ । बैठक भोलि अपराह्न ४ बजे बालुवाटारमा बस्नेछ ।
पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। ओलीले बैठक बोलाउन नमानेपछि दाहाल स्वयंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए। उक्त बैठकमा ओलीपक्षका नेताहरु भने अनुपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया