काठमाडौं । सरकारले होम आइसोलेशनमा रहेका कोभिड–१९ संक्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशन गरी होम आइसोलेसनमा रहेका संक्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।
नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होमआइसोलेसनमा छन् । “होम आइसोलेसनमा रहेका संक्रमितलाई टेलीमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचीकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ, “ सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्मा दर्ता हुनुपर्ने छ ।”
स्वास्थ्य संस्थाले सूचीकृत भएर होम आइसोलेसनमा रहेका संक्रमितको उपचार गर्न सक्ने बताइएको छ । नेपालमा संक्रमितको संख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र संक्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया