यो सरकार एउटै पार्टीको मात्र होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार एउटै पार्टी सरकार नभएको बताएका छन् । ‘ एउटा कुरा एउटै पार्टीको सरकार चाहिँ होइन ।

संयुक्त पार्टीको झैँ सरकार सञ्चालन गरिरहेको छु’, शनिवार राति एक टेलिभिजन अन्तर्वार्तामा ओलीले भने, ‘किनभने बहु शक्तिकेन्द्रहरु छन् । सरकार सञ्चालन त एक ठाउँबाट हुनु पर्छ नि ! तर बहु शक्तिकेन्द्र भएर अनि हरेकलाई आफ्ना आफ्ना मान्छे त्यहाँ चाहियो । आफ्ना मान्छे भनेका के ? पार्टीका कार्यकर्ता कि आफ्ना मान्छे ? म आफ्न मान्छेको पक्षमा मरिमेट्ने मान्छे होइन । देश र जनतको पक्षमा काम गर्ने मान्छे हुँ ।

उनले सबैलाई आफ्ना मान्छे चाहिएपछि निष्पक्षता, क्षमता, योजना काम आफ्नो भएको भन्दै उनले राम्रा मान्छेहरुलाई सरकारमा समेट्नै पर्ने बताए ।

उनले पछाडि परेका समूदाय, जाति, भाषा, समूदायका अगाडि बढाउने भन्दै योग्यता क्षमताका र सक्रियतका आधारमा अघि बढ्ने बताए ।

उनले अहिले पनि आफूले सबै चित्त बुझाउनका लागि कतिपय आफ्ना मान्छेहरुलाई सेमेट्न बाध्य भएको पनि बताए ।

पार्टीले नीतिगत रुपमा मात्रै सरकार सुझाव दिन सक्ने भन्दै उनले सरकारको काम कारबाहीमा अनावश्यक हस्तक्षेप गर्न नमिल्ने बताए । सरकारले पार्टी र कुनै नेताको स्वास्र्थ अनुरुप काम नगर्ने भन्दै ओलीले सबै काम देशको हितका लागि मात्रै हुने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?