काठमाडौं । धुम्बाराहीमा बसेको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अनौपचारकीक सचिवालय बैठक सकिएको छ ।
बैठकमा उपस्थित सचिवालय सदस्यहरुले प्रधान्मत्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बालाउन आग्रह गर्ने भएका छन् ।
पार्टीको विवाद मिलाउन बैठक आवश्यक रहेको भन्दै सचिवालयका सदस्यहरुले सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने भएको बताइएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित झलनाथ खना, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया