धुम्बाराहीमा शुरु भयो प्रचण्डले डाकेको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको अनौपचारिक सचिवालय बैठक शुरु भएको छ ।

अध्यक्ष दाहालले पार्टी भित्रको आन्तरिक विवादबारे छलफल गरी समाधान खोज्ने प्रयास स्वरुप बैठक बोलाएका थिए ।

पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा बहुमत सचिवालय सदस्यहरुको उपस्थित रहेको स्रोतले जनाएको छ ।

बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।

स्रोतका अनुसार पूर्व एमाले खेमाका नेताहरु भने उपस्थित रहेका छैनन् । पूर्व माओवादी खेमाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल भने अनुपस्थित रहेका छन् । त्यस्तै पार्टी अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल बैठकमा उपस्थित रहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?