कांग्रेस संसदीय दलद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त

कांग्रेस । नेपाली कांग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?