प्रचण्डद्वारा पूर्व सभामुख महरा पत्नी सीताको निधनप्रति दुख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सभामुख कृष्ण बहादुर महराको पन्तीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

बुधवार शोक वक्तव्य जारी गर्दै प्रचण्डले महरा पत्नी सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

सीताको बुधवार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

विगत १० वर्षदेखि माइस्थेनियाबाट ग्रसित उनलाई दशैँ मनाउन रोल्पा पुगेका बेला स्वास्थ्यमा समस्या आएसँगै काठमाडौं ल्याइएको थियो ।

निमोनिया र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई नर्भिकको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनको बुधवार बिहान ६ः२५ मा उपचारको क्रममा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?