काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त हुनुभएको छ ।
संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेका सचेतक निर्मला क्षेत्रीले जानकारी दिए ।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया