ओसामा बिन लादेनको अन्तर्वार्ता लिएका पत्रकार रोबर्ट फिस्कको निधन

काठमाडौं । कुख्यात आतंकवादी ओसामा बिन लादेनको तीन पटक अन्तर्वार्ता लिएका पत्रकार रोबर्ट फिस्कको निधन भएको छ ।

उनले ४० वर्षसम्म मिडिल ईस्टमा युद्धको कबर गरेका थिए । अरबी भाषा बोल्ने रोबर्ट फिस्क पश्चिमी जगतका चर्चित पत्रकार थिए ।

उनी १२ वर्ष भन्दा धेरै अंग्रेजी पत्रिका द इन्डिपेन्डेन्टमा मिडिल ईस्टको रिपोर्टिङमा लागेका थिए ।

उनलाई मिडिल ईस्टको कभरेज गरेका कारण ब्रिटिश र अन्तर्राष्ट्रिय पुरस्कार मिलेको थियो । उनले सात पटकसम्म वार्षिक अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार पाएका थिए ।

उनको ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उनको जन्म १९४६ मा केन्टको माइडस्टोनमा भएको थियो ।

पछि उनले आयरल्याण्डको नागरिक्ता लिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?