काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । आगामी १४ औँ महाधिवेशनको तयारी र समयसामयिक राजनीतिक छलफल गर्न सोमवार दिउँसो बैठक बसेको हो ।
जारी बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यहरु सहभागी रहेको स्रोतले जनाएको छ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गत असोज १२ गते ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई पत्र बुझाएका थिए । बैठकमा त्यसै विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत, केनद्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, आन्नदप्रसाद ढुंगाना, ज्ञानेन्द्रबहादुर कार्की, डा रामशरण महत, बलबहादुर केसी, रमेश लेखक, डा चन्द्र भण्डारी, गगन थापा लगायतका नेताहरु सहभागी रहेका छन् ।
त्यस्तै बैठकमा आगामी महाधिवेशनबारे छलफल गर्न कार्तिक २१ गते कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया