‘झुठा मुद्दा खारेज गर’ भन्दै नेविसंघको प्रदर्शन

काठमाडौं । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ) ले प्रदर्शन गरेको छ ।

षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी भने कायम नगरेको पाइएको छ । उपत्यकामा कोरोना संक्रमणको दर बढीरहेको भएपनि नेविसंघको प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी कायम नगरी प्रदर्शन गरेका हुन् ।

त्यस्तै कोरोना पीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको नेविसंघको भनाई छ । प्रदर्शनमा सहभागिहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?