पूर्व राज्यमन्त्री यादव जुवा खालबाट पक्राउ

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय यादव जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

शनिवार स्वयम्भुस्थित साँइली तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।

जुवा खेलिएरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, स्वयम्भुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, सबिन लामा, पर्वत भण्डारी, कान्छा तामाङ र जीतपुर लामा रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार समेत बरामद गरिएको छ ।

यादव मन्त्री हुँदा विवादित रुपमा रहेका थिए । उनले मन्त्री हुँदाखेरी नै घरको छतबाट बन्दुक पड्काएर विवादमा तानिएका थिए ।

शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत गरी यादव तीन पटक राज्यमन्त्री बनेका थिए । यद्यपी अहिले उनी राजनीतिमा निष्क्रिय रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?