चर्चित हलिउड अभिनेता सीन कन्नेरीको निधन

काठमाडौं । जेम्स बोन्डको रोल निभाएका चर्चित हलिउड अभिनेता सीन कन्नेरीको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको छ ।

Sir Sean Connery with his Oscar

यो जानकारी उनको परिवारले दिएको हो । राती सुतेको अवस्थामा उनको निधन भएको हो । उनी यसै वर्षको अगस्टामा ९० वर्षका भएका थिए । उनले स्क्रिनमा पहिलोपटक जेम्स बोन्डको भूमिका निभाएका थिए । उनले ७ फिल्ममा बोन्डको रोल निभाएका थिए ।

Sean Connery with wife Micheline Roquebrune arriving at the opening of the first Scottish Parliament in Edinburgh in 1999

१४ वर्षको उमेरमा स्कुल छाडेका कन्नेरी मोडलिङ, नाटक र टेलिभिजन शृंखला हुँदै ठुलो पर्दामा पुगेका थिए। बडि बिल्डिङ सिकेर मिस्टर युनिभर्समा समेत सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?