‘पार्टी एकतामा कसैले दायाँबायाँ गर्न सक्दैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले पार्टी एकतालाई कसैले दायाँवायाँ गर्न नसक्ने बताएका छन् । अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई बागलुङको शिसापानीमा सम्बोधन गर्दै सांसद पौडेलले नेतृत्वमा केहि विवाद जस्तो देखिएपनि यो आम कार्यकर्ता र जनताको चाहनामा पार्टी एकता भएको भन्दै कसैले चाहेर एकता भंग नहुने बताएका हुन् ।

टुटफुट र विभाजनको लामो अनुभव पछि एकिकृत पार्टीको आवश्यकताले एकता भएको भन्दै त्यो टुट्ने सपना नदेख्न आग्रह गर्दै एकतावद्ध भएर स्थानिय विकासमा लाग्नुपर्ने आजको आवश्यकता भएको बतए । आफु सासद भएदेखि नै बागलुङ पश्चिमको विकासको लागि निरन्तर प्रयत्न गरिरहेको भन्दै पौडेलले शिसाखानीमा मुख्य रुपमा मोटरवाटो, खानेपानी र आकाशे पुल पुरा गर्ने प्रतिवद्धताबाट पछि नहटेको भन्दै मोटरवाटोको काम अन्तिमचरणमा पुगेको, खानेपानीको काम निर्माण कम्पनीको कारण केहि ढिलाई भएपनि सम्पन्न हुने तथा आकाशे पुल निर्माणमा प्राविधिक कारण केहि समस्या देखिएकोले केहि स्थान परिवर्तन गरेर भएपनि निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख एवं नेकपाका जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद भुसालले ग्रामीण क्षेत्रका वासिन्दाहरुले पनि अहिले विकासको अनुभुति गर्न थालेको भन्दै गाउँको विकासको लागि विभाजित मानसिकता भन्दापनि एकतावद्ध भएर लाग्नुपर्ने बताए । विकास गर्न राजनैतिक होडवाजि हुने तर राजनैतिक दाउपेचका कारण विकास नहुने अवस्था हुनु नहुने भन्दै स्थानिय विकासमा सवै राजनैतिक दल, समुदाय एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

शिसाखानीको तारञ्जा, स्याँला क्षेत्रमा तिहार लगत्तै खानेपानीको काम नेवा मार्फत सुरु हुने भन्दै भुसालले निर्माणाधिन लिफ्टीङ खानेपानीको विषयमा निर्माण व्यवसायीसँग छलफल गरि उपयुक्त निकास निकाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुनले स्थानिय समस्या र समस्या समाधानको लागि गरिएका प्रयत्नको विषयमा जानकारी गराएका थिए । साल्फेद देखि माथिल्लो शिसाखानी जोड्ने मोटरवाटो, लिफ्टीङ् खानेपानी, आकाशेपुल, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा अध्यक्ष पुनले सांसदको ध्यानाकर्षण गराएका थिए । सो अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिसाखानी अध्यक्ष लोक बहादुर घर्तिको अध्यक्षता एवं सचिव समिर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?