बङ्गलादेशमा कोभिड-१९ संक्रमितको सङ्ख्या चार लाख नजिक

ढाका । बङ्गलादेशमा कोभिड–१९ संक्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ संक्रमितको मृत्यु भएको छ ।

बङ्गलादेशमा सक्रीय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।

बङ्गलादेशमा सबैभन्दा बढी संक्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?