नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु। केहि दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?