काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री नेम्वाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य रहेको र मन्त्री निवासमा होम आइसोलेसनमा उनी निकट स्रोतले जनाएको छ ।
मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यमा ख्याल गर्न समेत आग्रह गरेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया