पूर्व सांसद वृषेशचन्द्र लालमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता वृषेशचन्द्र लाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पूर्व राष्ट्रिय सभाका सदस्य समेत रहेका लालको स्वास्थ्यमा समस्या आएसँगै गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

गत असोज २२ गते राजविराजबाट फर्किएका उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएसँगै गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

हाल उनी अस्पतालमा भर्ना भएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनी निकट स्रोतले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?