पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छ : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाएका छन् ।

सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?