प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

त्यस्तै उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

शिवाको बुधबार बिहान काठमाडौको केएमसी अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?