काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा ई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए । उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया