परराष्ट्रमन्त्रीद्वारा रसुवागढीको अवलोकन

रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा आज स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताए ।

उनले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटोछरितो कार्य सम्पादन गरी राष्ट्रसेवकको भूमिका निर्वाह गर्न आफ्ना मातहतका कर्मचारीलाई आग्रह गरे । परराष्ट्रमन्त्रीका साथ तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायतको पनि सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?